काठमाण्डौ । बजार खुलेको २ घन्टामै पौने ६ अर्ब रुपैयाँबराबरको सेयर कारोबार भएको छ। यही रफ्तारमा सेयर खरिदबिक्री भएमा आज कारोबार रकमले नयाँ कीर्तिमान कायम गर्ने देखिएको छ। 

यो समाचार तयार पार्दासम्म नेप्सेमा सूचीकृत १९२ कम्पनीका १ करोड ४८ लाख ९९ हजार २५४ कित्ता सेयर ५ अर्ब ८० करोड १९ लाख ४३ हजार ५५९ रुपैयाँमा कारोबार भएको छ। यतिबेलासम्म परिसूचक ५४ अंकले उकालो लागेर १९४७ विन्दुमा पुगेको छ।

आज लगानीकर्ताहरु बैंकिङ समूहमा झुम्मिँदा पनि परिसूचक र कारोबार रकममा उछाल आएको विश्लेषकहरु बताउँछन् । अहिले बैंकिङ समूहमा झन्डै ६ प्रतिशतले उछाल आएको छ भने धेरै कमाउने १० कम्पनीमा बैंकिङ समूहले नै कब्जा जमाएका छन्। अहिलेसम्म ग्रिन डेभलपमेन्ट बैंक, नेपाल बंगलादेश बैंक, ग्लोबल आईएमई बैंक र प्रभु बैंकको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि पोजेटिभ सर्किट लागिसकेको छ।