काठमाण्डौ । आज बजार खुलेको १ मिनेटमै नेप्से परिसूचकले २ हजार विन्दु पार गरेको छ।

परिसूचक ३९.५४ अंकले बढेर २००७.८१ को उचाइमा पुगेको हो। परिसूचक यो विन्दु हालसम्मकै उच्च हो। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ८.६७ अंकले बढेर ३९२.६० को विन्दुमा उक्लिएको छ।

हिजो नेप्से परिसूचक ७५ अंकले बढेर १९६८ माथि पुगेको थियो । नेप्सेको यो हालसम्मकै सर्वाधिक उचाईको कीर्तिमान यिथो । गत बिहीबार नेप्सेले चार वर्षअघिको अलटाइम हाईको रेकर्डलाई ब्रेक गरी आफ्नो बुलिस प्रवृति पुष्टि गरेको छ। 

यो समाचार तयार पार्दासम्म नेप्से उपसमूहमा रहेका ११ उपसमूहमा हरियाली छाएको छ भने म्युचुअल फन्ड समूह स्थिरहेको छ।