काठमाण्डौ । सेयर बजार परिसूचकमा उछाल आई नेप्से परिसूचकले नयाँ इतिहास लेखेको दिन कुल बजार पूँजीकरण पनि बढेको छ । 

नेप्सेको बजार पूँजीकरणले पनि आइतबार नयाँ इतिहास रचेको हो । 

यो दिन कुल बजार पूँजीकरण बढेर २९ खर्ब २७ अर्ब २७ करोड माथिको उचाईमा पुगेको हो । 

अघिल्लो कारोबार दिनको तुलनामा बजार पूँजीकरण १ खर्ब १९ अर्बले बढेको हो । यसको अर्थ आइतबार एकैदिन लगानीकर्ताको सम्पत्ति १ खर्ब १९ अर्बले बढेको छ । 

बिहीबार नेप्सेको बुल बजार पूँजीकरण २८ खर्ब ८ अर्बमा सीमित थियो । आइबार भने २९ खर्ब २७ अर्बको ऐतिहासिक उचाईमा पुगेको हो । 

बजार बढ्दै जाँदा पछिल्ला दिनहरुमा कुल बजार पूँजीकरणले पनि नयाँ नयाँ कीर्तिमान बनाउँदै आएको छ । 

एक महिनाअघिसम्म नेप्सेको कुल बजार पूँजीकरण २५ खर्बमा सीमित थियो । 

पछिल्लो समय ६ दिनअगाडि बजार पूँजीकरण २६ खर्ब ८८ अर्बमा सीमित थियो । त्यसपछि भने निरन्तर बढिरहेको देखिन्छ ।