काठमाण्डौ । धितोपत्र कारोबार हुने दोस्रो दिन आइतबार बजार खुलेको १० मिनेटमै १४ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ।

यो समाचार तयार पार्दासम्म खानीखोला हाइड्रोपावर र घलेम्दी हाइड्रोको सेयरमूल्यमा १० प्रतिशत तथा प्रोग्रेसिभ फाइनान्स, ओरियन्टल होटेल, सीईडीबी हाइड्रोपावर, तारागाउँ रिजेन्सी होटेल, पाँचथर पावर कम्पनी, युनियन हाइड्रोपावर, कर्णाली डेभलपमेन्ट बैंक, मल्टीपर्पस फिनान्स, एचआईडीसीएल, सोल्टी होटेल, जोशी हाइड्रोपावर र बेस्ट फाइनान्सको सेयरमूल्यमा १० प्रतिशतिको हाराहारीमा बढेर पोजिटिभ सर्किट लागेको हो। अहिलेसम्म दिव्यश्वरी हाइड्रोपावरको सेयरभाउ पनि ९ प्रतिशत बढीले उकालो लागेको छ।

अहिलेसम्म १५३ कम्पनीका १४ लाख ६६ हजार ३७१ कित्ता सेयर ७९ करोड १८ लाख ८९ हजार ७४७ रुपैयाँमा किनबेच भइसकेको छ। यो बेलासम्म नेसनल हाइड्रोको सर्वाधिक ५ करोड १३ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

यतिबेलासम्म नेप्से परिसूचक ३९.४७ अंकले उकालो लागेको छ। योसँगै नेप्सेले ३०२२.५७ को विन्दुमा पुगेको छ।