काठमाण्डौ । कोरोना प्रकोपका कारण विश्वभरको अर्थतन्त्र तहसनहस भई सुनमा सुरक्षित लगानी गर्नेहरुको ओइरो लागेपछि बढिरहेको सुनको भाउ अझै बढ्ने देखिएको छ । 

नेपालमा सुनको मूल्य अझै बढ्ने एउटा कारण हो बजेटले गरेको व्यवस्था ।

बिहीबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सुन तथा सुनका गहनाका भन्सार महसुल बढाउने घोषणा गरेका छन् । यसले सुनको मूल्य बढ्ने व्यवसायीहरु बताउँछन् । 

यस्तै, सरकारले खाना पकाउने ग्यास र हवाई इन्धनबाहेक पेट्रोल, डिजेल र मट्टितेलको भन्सार महसुल समेत बढाउने अर्थमन्त्रीले बताएका छन् । यसको अर्थ अब पेट्रोल, डिजेल र मट्टितेलको मूल्य समेत बढ्नसक्छ ।