काठमाण्डौ । यो दसैंलाई बडा तरिकाबाट मनाउन स्मार्टले बडा योजना सार्वजनिक गरेको छ । 

बडा दशैंको अवसरमा स्मार्टले तीनवटा भव्य अफरहरु सार्वजनिक गरेको हो । ती अफर यसप्रकार छन् :

दसैं भ्वाइसः यस बडा अफर अन्तर्गत केवल ९९ पैसामा सबै नेटवर्कमा कुरा गर्न सकिन्छ । रु ९९ मा ३० दिन मान्य भएको १०० मिनेट टकटाइम (सबै नेटवर्कमा) पनि प्राप्त गर्न सकिन्छ । यो सुविधा *141*1*4*1# डायल गरी लिन सकिन्छ । 

दसैं डाटाः रु २९९ मा ४५ जिबि डाटा हरेक दिन १.५ जिवि डाटाका दरले ३० दिनसम्म लिन सकिन्छ । यसरी लिइएको डाटाको मान्य अवधि हरेक दिन मध्य रातसम्म रहने छ । यो डाटा सुविधा *141*3*2*1# डायल गरी सहजै लिन सकिन्छ । 

दसैं इन्डिया कलः लोकल दरमा इन्डियामा कल गर्न सकिने सुविधा, जसमा ३ वटा प्लान रहेका छन्ः

पहिलो, रु ३१२.४८ मा ३० दिन मान्य अवधि भएको २४० मिनेट टकटाइम
दोश्रो, १०१.०३ मा ७ दिन मान्य अवधि भएको ७५ मिनेट टकटाइम 
र, तेश्रो रु २२.७१ मा १ दिन मान्य भएको १६ मिनेट टकटाइम 

यी सेवाहरु लिन क्रमशः *141*6*1*3#, *141*6*1*2#  तथा *141*6*1*1#, डायल गर्नुपर्ने कम्पनीले जनाएको छ । यो सेवा लिइसकेपछि इन्डिया कल गर्दा  1350+91+ मोबाइल नम्बर/ल्याण्डलाइन नम्बर राखी डायल गर्नुपर्ने हुन्छ । 

यी दरहरुमा कर भने समावेश गरिएको छैन । यो योजना आश्विन १२ गतेदेखि आश्विन २६ गतेसम्म मात्र रहने छ ।