काठमाण्डौ । नेपाली बजारमा सोमबार सुनको भाउ उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख १० हजार ४५० रुपैयाँ कायम भएको छ।
हिजो सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १० हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १० हजार २५० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ भने स्थिर नै रहँदै तोलाका १ हजार ३७५ रुपैयाँ कायम भएको छ। हिजो पनि भाउ स्थिर रहँदै चाँदी तोलाको १ हजार ३७५ रुपैयाँमै किनबेच भएको थियो।
4 hours ago
5 hours ago
5 hours ago
5 hours ago
6 hours ago
6 hours ago
7 hours ago
7 hours ago
7 hours ago
8 hours ago