काठमाण्डौ । बम्पर लाभांश प्रस्ताव गरेको डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १८ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ ।
संस्थाको पुस २१ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा माघ २६ गते आइतबार चितवनको भरतपुरस्थित भरतपुर गार्डेन रिर्सोटमा आयोजना गर्ने निर्णय गरेको छ । साधारणसभामा गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ४५ प्रतिशत लाभांश पारित र अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जरमा जाने प्रस्ताव विशेष रुपमा प्रवेश पाउने छन् ।
सभामा गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजी ७७ करोड ३४ लाख १० हजार ४४१.९३ रुपैयाँको ४५ प्रतिशतले हुन आउने ३४ करोड ८० लाख ३४ हजार ६९८.५८ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ । प्रस्तावित लाभांशमा ३० प्रतिशतले हुन आउने २३ करोड २० लाख २३ हजार १३२.५८ रुपैयाँबराबरको बोनस सेयर र १५ प्रतिशतले हुने आउने ११ करोड ६० लाख ११ हजार ५६६ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) रहेको छ ।
यसैगरी सभामा अन्य उपयुक्त इजाजत प्राप्त ‘घ’ वर्गका लुघवित्त वित्तीय संस्थासँग आपसमा गाभ्ने गाभिने र प्राप्ति गर्ने कार्यको सम्पूर्ण प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित हुनेछ ।
साधारणसभा र लाभांश प्रयोजनका लागि संस्थाले माघ १३ गतेदेखि माघ २६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । साधारणसभामा भाग लिन र लाभांश प्राप्तिका लागि योग्य हुन माघ १२ गतेसम्म सेयरधनी कायम भइसक्नुपर्नेछ ।
12 minutes ago
30 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago