काठमाण्डौ। कोरोना कहरबीच गत आर्थिक वर्षका लागि बम्पर लाभांश घोषणा गरेको नवील बैंक लिमिटेडको सेयरमूल्यमा बजार खुलेको २ मिनेटभित्रै पोजेटिभ सर्किट लागेको छ।

नवीलको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा बढेर पोजेटिभ सर्किट लागेको हो। यो बैंक सेयरमूल्य ९.९९ प्रतिशतले प्रतिकित्ता १ हजार ३५४ रुपैयाँ पुगेको छ। जब कि हिजो सोमबार अन्तिम कारोबार मूल्य प्रतिकित्ता १ हजार २३१ रुपैयाँ रहेको थियो।

यो समाचार तयार पर्दासम्म मार्केट डेप्थमा यो बैंकको सेयर किन्ने भीड देखिएको छ। हालसम्म ८ लाख २७ हजार कित्ताका लागि खरिद पोष्ट भइसकेको छ भने बिक्रीतर्फ कुनै पनि पोष्ट भएको छ। 

हिजो नवील बैंक सञ्चालक समितिले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई कुल ३५.३६ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ। जसमा ३३.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.७६ प्रतिशत नगद लाभांश वितरण गरिने प्रस्ताव गरिएको छ। 

वाणिज्य बैंकहरुमध्ये यो वर्ष नवील बैंकले सबैभन्दा बढी लाभांश प्रस्ताव गरेको हो।