काठमाण्डौ । गत आर्थिक वर्षका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कुल ५० प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

नेप्से सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा नेप्सेको चुक्तापुँजी ५० करोडको २० प्रतिशतका दरले हुन आउने बोनस सेयर र ३० प्रतिशतले हुन आउने १५ करोड रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) रहेका छन्। 

प्रस्तावित लाभांश पारित गर्न नेप्से सञ्चालक समितिले यही पुस २९ गते बुधबार आफ्नो ३९ औँ वार्षिक साधारणसभा डोकेको छ। सभा बिहान ११ बजेबाट काठमाण्डौको शान्तिमार्गस्थित यूएनआईमा रहेको नेप्सेको कार्यालयमा सुरु हुनेछ।

सभाले लाभांश अनुमोदन गर्नुका साथै प्रबन्धपत्र/नियमावली संशोधन तथा अधिकृत पुँजी, जारी पुँजी तथा चुक्तापुँजी वृद्धि गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। 

सभाले नेप्सेको सहायक कम्पनी सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) को वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्नेछ। 

वार्षिक साधारणसभा प्रयोजनका लागि नेप्सेले पुस १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ।