काठमाण्डौ । अघिल्लो आर्थिक वर्षका लागि बम्पर लाभांश घोषणा गरेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा घाटा व्यहोरेको छ। 

आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले १० लाख ३० हजार रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले १ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा संस्थालाई १ करोड ३२ लाख रुपैयाँ सञ्चालन घाटा भएको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ९ करोड ६० लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन थियो। 

पहिलो त्रैमासमा संस्थाले ९ करोड ४५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी ८ करोड १० लाख रुपैयाँमा सीमित थियो। यो हिसाबले खुद ब्याज आम्दानी पनि १६.६ प्रतिशतले उकालो लागेको छ। 

चुक्तापुँजी १६ करोड रुपैयाँ संस्थाको रिजर्भको आकार २१.७७ प्रतिशतले बढेर ३८ करोड १० लाख रुपैयाँमा उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ३१ करोड २८ लाख रुपैयाँ थियो। 

समीक्षा अवधिमा संस्थाले १ अर्ब ९० करोड रुपैयाँ सापटी लिई ५ अर्ब ९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले १ अर्ब ५३ करोड रुपैयाँ सापटी लिई ४ अर्ब २२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। 

पहिलो त्रैमासमा संस्थाको एनपीएल घटेर ३.६१ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा एनपीएल ३.७० प्रतिशत थियो। 

वार्षिकीकृत संस्थाको ईपीएस २.५८ रुपैयाँले ऋणात्मक रहेको छ। प्रतिसेयर नेटवर्थ ३३८.१३ रुपैयाँ रहेको संस्थाको तरलता अनुपात ११.२२ प्रतिशत छ। 

अघिल्लो आर्थिक वर्षको मुनाफाबाट यो लघुवित्तले सेयरधनीहरुलाई चुक्तापुँजीको ७३ प्रतिशत बोनस सेयर र ३.८४२१ प्रतिशत नगद (कर प्रयोजनार्थ) गरी कुल ७६.८४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। यद्यपि राष्ट्र बैंकले जाल्पाको प्रस्तावित लाभांश वितरणार्थ स्वीकृति गरिसकेको छैन।