काठमाण्डौ । भारतीय सांगीतिक समूह बम्बे भाइकिंग्सले नेपालमा सांगीतिक प्रस्तुति दिने भएको छ। चर्चित भारतीय गायक निरज श्रीधर आफ्नो सांगीतिक समूह बम्बे भाइकिंग्ससहित नेपाल आउन लागेका हुन्।
विश्वको ४९ औँ उत्कृष्ट नाइट क्लब लर्ड अफ ड्रिंक्समा चर्चित गायक निरज श्रीधर आफ्नो ब्यान्डसहित सांगीतिक प्रस्तुति दिनेछन्। एल एन्ड एन मोडेल एजेन्सी तथा ३६५ मिडिया एन्ड इभेन्टसले संयुक्त रुपमा बम्बे भाइकिंग्सलाई नेपालमा प्रस्तुत गर्न लागेका हुन्। आयोजकका अनुसार गायक श्रीधरले यही असोज १३ गते शनिबार आफ्नो ब्यान्डसहित सांगीतिक प्रस्तुति दिनेछन्।
गायक निरज श्रीधरको दर्जनौँ गीत लोकप्रिय छन्। गायक श्रीधरको चर्चित गीतमध्ये वो चली वो चली देखो प्यारकी गली, हरे राम हरे राम हरे कृष्ण हरे राम, तेरी आँखे, भुलभुलैया, चोर बजारी, तुम मिले, क्यारेक्टर ढिला है, चाँदनी चोक टु चाइना, लभ मेरा हिट हिट, कलर ट्युन, नाचेङ्गे सारी रात, गोलमाल, छोड दो आँचल जमाना क्या कहेगालगायत बहुचर्चित गीत संगीत रहेका छन्।
चर्चित गायक निरज श्रीधरको गीत–संगीत युवामाझ लोकप्रिय छन्। एल एन्ड एन मोडेल एजेन्सीका प्रबन्ध निर्देशक नितिन कायस्थका अनुसार हामीले चरणबद्ध रुपमा कार्यक्रम भव्य कसरी बनाउन सकिन्छ भनेर छलफल गरेका छौँ। प्रस्तुतिको टिकट ई–सेवामार्फत काट्न सकिने ३६५ मिडिया एन्ड इभेन्टसका प्रमुख कार्यकारी अधिकृत नारायण आचार्यले जानकारी दिए।
आयोजकका अनुसार फिजिकल टिकट काठमाण्डौको विभिन्न स्थानबाट लिन सकिने जनाइएको छ। काठमाण्डौको दरबारमार्गस्थित डबल डेकर लाउन्ज, लाजिम्पाटस्थित नुवाड थाई स्पा, ठमेलस्थित लुना रेस्टुरेन्ट एन्ड बारबाट टिकट लिन सकिने जनाइएको छ।
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago