काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा १ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ३३.५६ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले २ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।
यो अवधिमा कम्पनीले विद्युत बिक्रीबाट आम्दानी भने १.०७ प्रतिशतले बढेर ७ करोड ६ लाख रुपैयाँ भएको छ। गत वर्ष विद्युत बिक्रीबाट कम्पनीले ६ करोड ९९ लाख रुपैयाँमात्रै आम्दानी गरेको थियो।
कम्पनीले यो अवधिमा ४ करोड ६५ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। यस्तो मुनाफा गत वर्ष यही अवधिमा ४ करोड ९३ लाख रुपैयाँ थियो।
चुक्तापुँजी ५३ करोड ५८ लाख रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङ घटेर २ करोड ४९ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिमा रिटेन्ड अर्निङ २ करोड ६४ लाख रुपैयाँ थियो।
कम्पनीको वार्षिकीकृत ईपीएस घटेर ४.४० रुपैयाँ कायम भएको छ। गत वर्ष यही अवधिमा ईपीएस ११.८३ रुपैयाँ थियो। पीई रेसियो ५९.३६ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ११२.८२ रुपैयाँ रहेको छ।
48 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
4 hours ago