काठमाण्डौ । उत्पादनहरुको विस्तृत शृंखलासहित नेपालमा सजावटी रङहरुको एक प्रख्यात निर्माता कम्पनी बर्जर जेन्सन एन्ड निकोल्सन (नेपाल) प्रालिले दसैँ र तिहारको उल्लासमय पर्वहरुमा थप रौनक थप्न नयाँ उपभोक्ता योजना ‘बर्जर हाम्रो घर हाम्रो शान’ ल्याएको छ। यो योजना आफ्नो घरको सौन्दर्यता अभिवृद्धि गर्न केन्द्रित रहेको छ।
यस योजनाअन्तर्गत एक भाग्यशाली विजेताले रु. ५ लाखको बम्पर पुरस्कार प्राप्त गर्नुका साथै थप तीनजनाले जनही रु. १ लाख र अन्य १० जनाले रु. १० हजार नगद पुरस्कार प्राप्त गर्न सक्नेछन्। यसबाहेक यो योजनाले घरधनीहरुलाई इन्टेरियर डिजाइनरबाट निःशुल्क परामर्श सेवा प्राप्त गराई विज्ञको सल्लाहअनुसार आफ्नो घर शृंगार्ने अवसर प्रदान गर्नेछ।
यसका साथै डिजिटल प्रतियोगितामा भाग लिई १०० उत्कृष्ट घरधनीले आफ्नो घरको सुन्दर तस्बिर सेयर गरेर जनही रु. २५ हजारको नगद पुरस्कार प्राप्त गर्ने मौका पाउनेछन्।
यो योजना बर्जर सिल्क ब्रिद इजी, सिल्क ग्ल्यामर, सिल्क लक्जरी, वेदरकोट लङ लाइफ, वेदरकोट अल गार्ड फ्लेक्सो र वेदरकोट अल गार्डजस्ता सीमित बर्जर उत्पादनमा मात्र लागू हुनेछ। घरधनीहरुले यस योजनाको बारेमा विस्तृत जानकारीका लागि नजिकैको बर्जर डिलरहरुसँग सम्पर्क गर्न सक्नेछन्।
नेपाली बजारमा उत्कृष्ट उत्पादनहरु पुर्याउने निरन्तर समर्पणको परिणामस्वरुप यो चाडपर्वको माहोलसँगै कम्पनीले ‘वेदरकोट अल गार्ड फ्लेक्सो’ नयाँ बाहिरी इमल्सन पेन्ट बजारमा ल्याएको छ। यो इलास्टोमेरिक गुणहरुसहितको उच्च चमक भएको लक्जरी बाहिरी इमल्सन हो। जसले बाहिरी भित्ताहरुमा रौँजस्ता मसिना दरारहरु छोप्न मद्दत गर्दछ।
सिलिकन एडिटिभ्ससँग बनाइएको रङले सबैखाले मौसम र परिस्थितिमा भित्ताहरुलाई अतिरिक्त सुरक्षा दिन्छ। यो ८ वर्षको वारेन्टीसँगै उपलब्ध छ।
11 minutes ago
46 minutes ago
52 minutes ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago