काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना ग्राहकको सेवामा थप विस्तार गर्दै महोत्तरीको बर्दिबास नगरपालिका– ३ पाटुबाट शाखारहित बैंकिङ सेवा सुरु गरेको छ ।

प्रदेश २ का बैंकका प्रमुख सौरभ चौधरी तथा बर्दिबास नगरपालिका वडा नं. ३ का अध्यक्ष राजनप्रसाद ढुंगगानाले संयुक्त रुपमा एक समारोहका बीच शाखारहित बैंकिङका प्रतिनिधि गंगाबहादुर कार्कीलाई ट्याब मेसिन हस्तान्तरण गर्नुभएको थियो ।

योसँगै बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यकाबाहिर १०० शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १५ वटा शाखारहित बैंकिङ गरी जम्मा १३८ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।