काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले देशको पश्चिमी भागका ग्राहकहरुमा आफ्नो सेवा विस्तार गर्ने लक्ष्यका साथ बदिर्याको बासगढी नगरपालिका वडानम्बर ८ मा आफ्नो ३२ औं शाखा कार्यालय संचालनमा ल्याएको छ । 

बैठकले जेठ १६ गतेदेखि यो शाखा कार्यालय संचालनमा ल्याएको हो । यस्तै, काठमाण्डौको मुलपानीमा रहेको ग्रिनहिल सिटी हाउजिङ्गमा शनिबारदेखि ए.टि.एम. सेवा पनि सुरु गरेको छ । 

सेञ्चुरी बैंकले  २०७४ जेष्ठ २८ गतेबाट भैरहवामा केन्द्रीय कार्यालय रहेको इन्नोभेटिभ डेभलपमेन्ट बैंक र बनेपामा केन्द्रीय कार्यालय रहेको अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ती(एक्विजिसन) गरी एकीकृत कारोबार गर्दैछ, जसबाट बैंकको शाखाहरु देशभरमै ५३ वटा हुनेछन्।