काठमाण्डौ । गुुगल म्यापले नेभिगेसनका लागि बलिउडका महानायक अभिनेता अमिताभ बच्चनको आवाजलाई प्रयोग गर्ने योजना बनाइरहेको छ।

खबरका अनुुसार अब चाँडो नै अमिताभ बच्चनले गुुगल म्यापका लागि आफ्नो आवाज प्रदान गर्नेछन्। अहिले गुुगल म्याप नेभिगेसनमा अमेरिकाको न्युुयोर्क सहरका क्यारेन जेकब्सनको आवाज गुुन्जिने गर्दछ। 

गुुगल म्याप वर्तमान समयमा ड्राइभिङको अहम हिस्सा बन्न पुुगेको छ। गुुगल म्यापको सहायतामा सवारीसाधन चलाउँदा एउटी महिलाको आवाज सुुन्ने गर्दछौँ। जसले प्रदान गर्ने निर्देशनका आधारमा हामी आफ्ना गन्तव्यतर्फ डोरिने गर्दछौँ। 

मिड डेको रिपोर्टका अनुुसार अब चाँडो नै गुुगल म्याप नेभिगेसनमा बलिउड फिल्म क्षेत्रका सुुपरस्टार अमिताभ बच्चनको आफ्नो सुुन्न पाइनेछ। यसका लागि गुुगल र अमिताभ बच्चनबीच कुुराकानी भइरहेको बताइएको छ। 

अमिताभ बच्चन आफ्नो वजनदार र दमदार आवाजका लागि परिचित छन्। उनको आवाज भारतमा सबैभन्दा धेरै रुचाइने आवाजमध्ये एक हो। 

यस्तोमा गुुगल म्याप नेभिगेसनमा अमिताभ बच्चनको आवाज उपयुुक्त विकल्प हुुन सक्ने कम्पनी दाबी गरेको छ। तथापि अमिताभ बच्चन र गुुगलले यो विषयको आधिकारिक रुपमा कुुनै पनि पुुष्टि गरेका छैनन्। – एजेन्सी