काठमाण्डौ । प्राइम कमर्सियल बैंकले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा बढाएर ३४ करोड १७ लाखको उचाईमा पुर्याएको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकको नाफा २५ करोड १० लाखमा सीमित थियो । 

बैंकले समीक्षा अवधिमा १० करोड ३१ लाख जोखिम व्यवस्थापनबाट राइट ब्याक गरेको छ भने समग्र व्यवसाय बिस्तारमा समेत ध्यान दिएको देखिन्छ । यहीकारण खूद ब्याज आम्दानीतर्फ पनि बैंकको प्रगति सन्तोषजनक नै छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म ३८ करोड रुपैयाँ रहेको खूद ब्याज आम्दानी बढेर समीक्षा अवधिमा ४५ करोड १५ लाखको उचाईमा पुुगेको छ । 

कर्मचारी र अन्य व्यवस्थापन खर्च निकै धेरै बढ्दा समेत बैंकले नाफा बढाउन सक्नुुलाई सुखद पक्ष मान्न सकिन्छ । 

समीक्षा अवधिमा बैंकले ६८ अर्ब ५९ करोड निक्षेप संकलन गरी ५९ अर्ब ३ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ५२ अर्ब ४१ करोड निक्षेप संकलन गरी ४२ अर्ब ३४ करोड कर्जा परिचालन गरेको थियो । 

बैंकले जगेडाकोषलाई निकै मजबुत बनाएको छ । अघिल्लो वर्षसम्म यस्तो कोषमा २ अर्ब रुपैयाँ रहेकोमा समीक्षा अवधिमा ३ अर्ब ४५ करोड पुुगेको छ । 

समीक्षा अवधिमा बैंकको निस्क्रिय कर्जा अनुपात चाहि बढेको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा १.३२ प्रतिशत रहेको  यस्तो कर्जा बढढेर १.३७ प्रतिशत पुुगेको छ । ४.२३ प्रतिशतमा सीमित रहेको कस्ट अफ फण्ड ८.२२ प्रतिशत पुुगेको छ । 

यो अवधिमा बैंकको प्रतिसेयर आम्दानी २१.६१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५४.६८ रुपैयाँ र मूल्य आम्दानी अनुपात २०.५५ गुणा कायम भएको छ।