काठमाण्डौ । व्यापार व्यवसायलाई पूर्णरुपमा अनलाइन र अन्तराष्ट्रियकरण गर्ने उद्देश्यले एसएनबी सपिङ डटकमको थालनी भएको छ । शहरमा उपलब्ध हुने सबै किसिमको सामाग्रीदेखि कृषिजन्य उत्पादनहरु समेत यस अनलाईनमार्फत बिक्री गर्न सकिने जनाइएको छ ।

विश्वमा मानिसहरु जति व्यस्त हुदै जान्छन, अनलाईन व्यापार पनि फस्टाउँदै गएको थुप्रै उदाहरणहरु छन् । यस प्लेटफर्मबाट एक व्यवसायीले अर्को व्यवसायी तथा एक ग्राहकले अर्को ग्राहकसंग मात्रै नभएर व्यावसायी र ग्राहकबीच खरिदबिक्री र अन्य धेरै फाइदा लिन सक्नेछन् । 

‘नेपालमा सामान बिक्रीका लागि पसल वा सोरुम राख्ने चलन प्रख्यात छ । त्यस पसलमा आवतजावत गर्ने बाहेकले त्यस पसलबारे जानकारी पाएको हँुदैन’, एसएन्डबी कम्पनीका अध्यक्ष विश्वविक्रम राईले भने, ‘तर, अनलाईन सपिङ एउटा त्यस्तो प्लेटफर्म हो, जसले कसैको व्यापार व्यवसायलाई राति सुतेको अवस्थामा पनि प्रवद्र्धन गरिरहेको हुन्छ ।’  

संचालकहरुका अनुसार यो एउटा बिजनेश प्लेटर्फम मात्रै नभएर विभिन्न सूचना दिने ठाउँ पनि बन्नेछ । ‘विशेषगरी नेपालमा रहेकाहरु मात्रै नभएर विश्व बजारमा भएका सामाग्रीलाई छिटोभन्दा छिटो नेपाल भित्र्याउने लक्ष्य पनि यस अनलाईनको छ।’–अध्यक्ष राईले भने । कोठामै बसेर पनि आफ्नो ब्यपार बढाउनसक्ने भएको हुँदा नेपालमा पनि यसको सुरुवात गरिएको हो ।  

बिक्री गर्न चाहनेले आफ्ना वस्तुहरुको मूल्यसहित विस्तृत विवरण राख्नुपर्नेछ । किन्न चाहनाले आईपे र इसेवा मार्फत अनलाईनमार्फत भुक्तानी गरी सामाग्री खरीद गरेमा एसएनबी सपिङले ग्राहकको घरैसम्म उक्त सामाग्री पुुर्याइदिनेछ ।

विशेष गरी यस अनलाईनले मौसम अनुसारका उत्पादन, बस्तु र विभिन्न सामाग्रीलाई प्रोत्साहन गर्दै लैजाने सोच बनाएको अध्यक्ष राईले जानकारी दिए । अहिले यस अनलाईनमा जाडो मौसमको जुत्ताहरु विभिन्न ब्राण्ड वा कम्पनीका उपलब्ध गराई राखेको छ । जस्तै ब्राण्डेड जुत्ताहरु एडिडास, नाईक, पुमा, एन्टादेखि लिएर नेपाली बजारमा पाइने जुत्ताहरु पनि उपलब्ध गराएको छ ।