काठमाण्डौ । नबिल दिगो बैंकिङले बागलुङ जिल्लाको बागलुङ नगरपालिकामा वित्तीय साक्षरता तथा उद्यमशीलता विकास सम्बन्धमा अन्तर्क्रिया सम्पन्न गरेको छ।
कार्यक्रममा नबिल बैंक सञ्चालक समितिकी सदस्य आशा राणा अधिकारीले नेपाल कृषिको देश भनेर चिनिने गरेको र कृषिमा आत्मनिर्भर हुनुपर्ने कुरालाई जोड दिँदै नबिल बैंकले कृषि तथा महिला उद्यमशीलतलाई मध्यनजर गर्दै सबैलाई समेट्ने गरी अगाडि बढ्न चाहेको बताइन्। नबिल दिगो बैंकिङका प्रबन्धक लीलाप्रसाद ओझाले कार्यक्रममा नबिल बैंकको दिगो बैंकिङ तथा वित्तीय साक्षरताको बारेमा प्रकाश पारेका थिए।
अन्तर्क्रियामा स्थानीय किसान, युवा तथा महिला उद्यमीले उठाएका जिज्ञासा तथा सुझावहरुको समेत सम्बोधन गरिएको थियो।
कार्यक्रममा गण्डकी प्रदेशअन्तर्गत प्रदेश सरकार, भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालय, कृषि विकास निर्देशनालय, कृषि ज्ञान केन्द्र बागलुङ र नबिल बैंकबीच पारस्परिक साझेदारीमा वित्तीय साक्षरता, वित्तीय पहुँच र उद्यमशीलता विकास गर्न सहकार्य गरी कृषिजन्य बाली तथा वस्तु उत्पादन र प्रवर्द्धन, कृषिबजार विकाससहित व्यावसायिक कृषि उत्पादनको वृद्धि गरी रोजगारी सिर्जना गर्न सहयोग गर्न सम्झौता भएको छ।
सम्झौतापत्रमा नबिल बैंकका तर्फबाट गण्डकी प्रदेशका प्रमुख सूर्यबहादुर रोका र कृषि ज्ञान केन्द्र बागलुङका तर्फबाट कार्यालय प्रमुख भानुभक्त भट्टराईले हस्ताक्षर गरेका छन्।
कार्यक्रममा नबिल बैंक सेवा उत्कृष्टता प्रमुख प्रभावती सिंह बिष्ट र नबिल बैंक बागलुङ शाखा प्रबन्धक सुदर्शनकुमार अर्याल रिचर्डको पनि उपस्थिति थियो।
नेपाल सरकारले अवलम्बन गरेको संयुक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवसको दिन दिगो बैंकिङ कार्यक्रमको सुरुआत गरेको हो। यो कार्यक्रम तथा कृषि ज्ञान केन्दको सम्झौतामार्फत नबिल बैंकले नबिल दिगो बैंकिङका प्रयासहरुलाई अझ बढी लक्षित वर्गमा पुर्याउन सहयोग गर्ने आशा लिएको छ।
8 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago