काठमाण्डौ । बाढीपहिरोले क्षति पुर्याएपछि राधी साना जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द भएको छ।
गत असार २२ गतेबाट निरन्तर वर्षा भइरहेकोले राधी खोलालगायत अन्य साना खोलाहरुमा आएको बाढी र पहिरोले राधी साना जलविद्युत हेडवक्र्स र हेडरेस पाइपमा क्षति पुगेको राधी विद्युत कम्पनीले जनाएको छ। सोही कारण राधी साना जलविद्युतको विद्युत उत्पादन बन्द भएको कम्पनीले सूचनामार्फत जानकारी गराएको छ।
हाल आवश्यक मर्मत कार्य अगाडि बढाइसकेको कम्पनीको भनाइ छ। मर्मत कार्य सकेर आयोजना पुनः सञ्चालनमा ल्याइने कम्पनीले जनाएको छ।
राधी साना जलविद्युत ४.४ मेगावाट क्षमताको आयोजना हो।
19 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago