काठमाण्डौ । राष्ट्रियसभा उपचुनावमाको आज भएको निर्वाचनमा डा. खिमलाल देवकोटाले अग्रता लिएका छन् । 

स्थानीय तहको मतगणना सकिँदा डा. देवकोटाले १२८ मत पाएका छन् भने एमालेका आधिकारिक उम्मेद्वार रामबहादुर थापा बादलले १०३ मत मात्रै पएका छन् । यो अवधिमा २ मत नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङले पाएका छन् । 

बादल आज नै सर्वोच्च अदालतको आदेशबाट मन्त्री पदबाट मुक्त भएका थिए । आजै उनले चुनाव समेत नजित्ने सुरुवाती रुझानले देखाएको छ । 

अब प्रदेशसभाको मत गन्न बाँकी छ ।

उपनिर्वाचनमा प्रदेश सभा सदस्य ११० र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी जम्मा ३४८ जना मतदाता रहेकोमा प्रदेश सभा सदस्यतर्फ १०५  जना र स्थानीय तहतर्फ २३३ जना गरी जम्मा ३३८ जनाले मतदान गरेका थिए ।