काठमाण्डौ । राष्ट्रियसभा सदस्यमा मनोनयनसँगै शक्तिशाली मन्त्रालयको जिम्मेवारीसहित उपप्रधानमन्त्री बन्ने तरखरमा रहेका नेकपाका उपाध्यक्ष बामदेव गौतमको बाटो छेक्ने गरी सर्वोच्चमा परेको रिटमाथि सुनुवाई आज टुंगिएन । योसँगै बामदेव गौतमको विषयमा परेको रिटमाथिको सुनुवाई शुक्रबार हुने भएको छ । 

बुधबार सर्वोच्चमा बसेको पूर्ण इजलासमा बहस नटुंगिएका कारण यो मुद्धालाई हेर्दाहेर्दैमा राखिएको छ । 

प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणासहितको ५ सदस्यीय संवैधानिक इजालासमा बामदेवको मुद्धा पेसी चढेको थियो । 

मुद्धाको विपक्षीमध्येका प्रतिवादी वामदेव गौतमका तर्फबाट बहस गर्न गएका कानून व्यवसायले समय अपुग भएका कारण बस गर्न नभ्याएका बताइएको छ । 

तर, विपक्षीको तर्फबाट महान्यायाधिवक्ता कार्यालयका सरकारी वकिलले भने बहस टुंग्याएका छन् ।