काठमाण्डौ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको आईपीओमा निष्कासनको पहिलो दिन नै ४ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ।
कम्पनी आज मंसिर २१ गतेदेखि सर्वसाधारणका लागि १०० अंकित दरका कुल ५ लाख ५४ हजार कित्ता आईपीओ बिक्री खुला गरेको छ। जसमा यसअघि आयोजना प्रभावित स्थानीयका लागि जारी गरिएको आईपीओमा बिक्री हुन बाँकी रहेको १ लाख ४ हजार कित्ता सेयर पनि समावेश गरिएको छ।
कुल कित्तामध्ये मध्ये ५ प्रतिशतले हुन आउने २७ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ११ हजार ८० कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ। बाँकी ५ लाख १५ हजार २२० कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्।
सीडीएससीका अनुसार आज साँझसम्म यो आईपीओमा १ लाख ९२ हजार ७४८ आवेदकबाट कुल २२ लाख ३३ हजार ८० कित्ताका लागि आवेदन परेको छ। जुन मागभन्दा ४.३३ गुणाले बढी हो।
मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुने निश्चित भएको छ। जसअनुसार गोलप्रथाबाट भाग्यमानी ५१ हजार ५२२ जनाले १० कित्ताका दरले सेयर पाउनेछन्।
यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।
बाराही हाइड्रोपावरको आईपीओको निष्कासन मंसिर २६ गते बैंकिङ समयपछि हुनेछ। यो आईपीओ बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।
2 minutes ago
30 minutes ago
40 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
12 hours ago
12 hours ago
12 hours ago