काठमाण्डौ । नेपालमा रोयल इन्फिल्ड मोटरसाइलको आधिकारी बिक्रेता एमभी दुगड ग्रुपअन्तर्गतको विवेक अटोमोबाइलस प्रालिले गत शुक्रबार “वेलफेर राइड” कार्यक्रम आयोजना गरेकोे छ।
बालाजुस्थित रोयल इन्फिल्ड शोरुमदेखि सुरु भएको राइडको रोयल इन्फिल्डका हेड अफ अपरेसन कनक जम्मरले शुभारम्भ गरेका थिए। यो राइड नारायणथानस्थित मानव सेवा आश्रममा पुगी सम्पन्न भएको थियो ।
यस राइडमा ३५ वटा रोयल इन्फिल्डमा सवार ४२ जना राइडरहरुले सहभागिता जनाएका थिए । १५ किलोमिटर लामो मोटरसाइकल र्यालीका लागि रोड क्याप्टेन थिए, काठमाण्डौ लेजेन्ड्स् ।
ज्येष्ठ नागरिक अनि असक्त बुवाआमालाई सेवा गर्दै आएको मानव सेवा आश्रमलाई सहयोग एवं त्यस आश्रममा रहेका बुवाआमासँग अन्तक्र्रिया गर्ने मुख्य उद्देश्य राखेर बिहान ८ बजे बालाजुदेखि हिँडेको मोटरसाइकल र्याली गोंगबु, महाराजगन्ज, गोल्फुटारहँुदै नारायणथानस्थित मानव सेवा आश्रममा पुगी समापन भएको थियो । मानव सेवा आश्रम पुगेर एमभी दुगड ग्रुप टिम र राइडरहरुले त्यस आश्रममा यथासक्य र आफ्नो मनखुसीले सेवा र अन्तक्र्रिया कार्यक्रम पनि गरेका थिए। संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिनु र राइडरहरुमा सेवाको भावना जगाउनु पनि र्यालीको मनसाय रहेको थियो।
7 minutes ago
19 minutes ago
35 minutes ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago