काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले आफ्ना प्रतिद्वन्द्वीहरुलाई फराकिलो मतान्तरले पछि पार्दै अग्रता लिइरहेको छ।
अहिलेसम्म काठमाण्डौका १, २, ३, ४, ५ र ३० वडाको मतगणना सकिइसकेको छ। हाल ६, ७, ८, २७, २८, २९, ३१ र ३२ वडाको मतगणना भइरहेको छ।
निर्वाचन आयोगका अनुसार हालसम्म ७० हजार ९६० मत गनिसकिएको छ। जसमा बालेनले एक्लैले २६ हजार ८३८ मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका केशव स्थापितले १४ हजार २७७ मत पाएका छन्। कांग्रेसकी सिर्जना सिंहले १३ हजार ६७३ मत ल्याएकी छन्।
बालेन स्थापितभन्दा १२ हजार ५६१ मत र सिंहभन्दा १३ हजार १६५ मतले अगाडि छन्।
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago