एजेन्सी । भियतनामको एक एयरलाइन्स कम्पनी वियतजेट एबिएसनकी सीइओ गुएन थी फुयोंग थाओ आफ्नो नवीनतम विजिनेश अवधारणका कारण भियतनामकै पहिलो र एकमात्र महिला अर्बपति बन्न सफल भएकी छिन् । प्राय थाओ एयरहोस्टेजलाई मोडल बनाएर बिकीनीको सो गर्ने गर्छिन । यसबाट उनको एयरलाइन्स हिट भयो । ब्लुमबर्गको अर्बपति इण्डेक्सका अनुसार भियतनामको पहिलो निजी एयरलाइन्स कम्पनी वियतजेट आगामी तीन महिनामा आइपीओ जारी गर्न गइरहेको छ । यही बेला गरिएको कम्पनीको मूल्यांकन अनुसार यो बिमान कम्पनीको मूल्य १ सय करोड डलर अर्थात, १० हजार ७ सय २० करोड बढी नेपाली रुपैयाँ भन्दा बढी भइसकेको छ । 
 

बिकीनीको आइडियाबाट अर्बपति
थाओले बिकीनीको आइडियाबाट आफूलाई देशकै पहिलो अर्बपति महिला बनाउन सफल भइन । उनले प्रायः आफ्नो एयरलाइन्स कम्पनीबाट संचालित जहाजमा यात्रा गर्नेहरुलाई आकर्षित गर्नका लागि विभिन्न खालका विज्ञापनको समेत साहारा लिने गर्छिन । यसैगरी भियतजेटले पनि केही न केही फरक काम गर्दै आइरहेको छ, फरक शैलीमा व्यापार गर्दै आइरह्यो ।

वियतजेट एयरलाइन्स कम्पनीले आफ्ना एयरहोस्टेजहरुलाई रातो र पहेँलो रंगमिश्रित बिकीनी पहिर्याएर नयाँ प्रमोशनल एड क्याम्पियनको सुरुवात गर्यो । यसका लागि विमानहरुमा एयरहोस्टेजको सेवा दिनेहरुलाई बिकीनी लगाएर मोडलको रुपमा प्रस्तुत गरियो । जहाजभित्रै मोडलिंग सो पनि गरियो । यस्तो प्रदर्शनबाट एयरलाइन्सको जबरजस्त प्रचारप्रसार भयो र यसले सरकारी कम्पनीलाई समेत पछाडि पार्दै देशकै सबैभन्दा बढी मार्केट शेयर भएको एयरलाइन्स कम्पनी बन्न सफल भयो । 

थाओको कम्पनी वियतजेटले बीच लोकेशनवाला गन्तव्यमा जाने आफ्ना जहाजहरुमा निकै सुन्दर र राम्रा बिकीनी लगाएका एयरहोस्टेजलाई उतार्यो । कम्पनीको यो नयाँ रणनीतिले उसलाई एकाएक चर्चाको शिखरमा पुर्यायो । थाओले यदि कुनै व्यक्तिले आफ्नो कम्पनीलाई बिकीनी लगाउने केटीको जस्तै छविको नजरबाट हेर्छ भने आफूलाई कुनै आपत्ति नहुने बताइन । जानकारहरुका अनुसार यो वर्ष थाओको विमान कम्पनीले सरकारी कम्पनीलाई समेत पछाडि पार्दै डोमेस्टिक उडानमा समेत सबैभन्दा राम्रो व्यापार गर्न सफल भयो । धेरै व्यक्तिले थाओको यो कदमको कडा आलोचना समेत गरेका छन्, तर थाओ चाहि आफ्नो पृथक काम तथा प्रस्तुतीबाट आफ्ना यात्रु खुशी छन् भने अरुले आपत्ति मानेर केही नहुने बताउने गर्छिन । 
 

१९८८ देखि व्यापारमा

थाओले सन् १९८८ बाट व्यापार गर्न सुरु गरेकी थिइन । सो बेला उनी मस्कोमा फाइनान्स र इकोनोमिक्सको औपचारिक अध्ययन गरिरहेकी थिइन । सुरुमा उनले टे«ड डिस्टीब्यूटरको काम गरिन् । थाओ सुरुवातमा जापान, हङकङ, साउथ कोरिया जस्ता मुलुकहरुबाट उधारोमा कपडा, अफिसका सामान तथा उपभोग्य वस्तुहरु खरीद गरेर ती वस्तुलाई रुसमा लगेर बिक्री गर्थिन । थाओका अनुसार उनले आफ्नो मेहेनतका कारण सप्लायर्सहरुको समेत मन जितेकी थिइन । यो व्यापारबाट सुरुवातका तीन वर्षमै थाओले एकलाख डलर बराबरको कमाई गरिन् । यसपछि उनी भियतनाम फर्किन् र त्यहाँको एक प्रतिष्ठित बैंकमा लगानी गरिन् । यसपछि उनले सरकारी भियतनाम एयरलाइन्ससँग टक्कर लिने उद्देश्यले आफ्नै छुट्टै कम्पनी खोलिन् र यसपछि उनले निकै तीव्र गतिमा प्रगति गर्दै बजारमा सबैभन्दा बढी  मार्केट ग्रोथ हासिल गर्न सफल भइन् । 

ब्लुमबर्गलाई थाओले दिएको एक अन्तर्वार्तामा उनले आफूले अहिलेसम्म कहिल्यै पनि बसेर आफ्नो सम्पत्तिको हिसाबकिताब गर्न नभ्याएको बताएकी छिन् । उनले भनेकी छिन्–‘मैले कम्पनीको मार्केट ग्रोथ कसरी बढाउने भन्ने कुरालाई मात्र प्राथमिकतामा राखेँ ।’ उनले आफूले एयरलाइन्सको व्यापार सुरु गरेपछि हरसमय व्यापार बढाएर आफ्ना कर्मचारीको तलब कसरी बढाउन सकूँ र मार्केट ग्रोथ पनि कसरी तेज रफ्तारमा उचाईंमा पुर्याउन सकूँ भन्ने बिषयमै ध्यान केन्द्रीत गरेको स्पष्ट पारिन् ।
 

मूल्यांकन १ सय करोड डलर 


ब्लुबमर्गका अनुसार वियतजेटको आइपीओ(इनिशियल पब्लिक अफर) आगामी तीन महिनाभित्रमा आउँदैछ । थाओको कम्पनीमा ९५ प्रतिशत हिस्सा छ । आइपीओ जारी गरेर थाओ ३० प्रतिशत आफ्नो हिस्सा बिक्री गर्न चाहन्छिन । यसैका लागि कम्पनीको मूल्य अहिले १० हजार ७ सय २० करोड रुपैयाँ तोकिएको छ । 

 

एशियाकै उत्कृष्ट बन्ने धोको


थाओको एयरलाइन्स कम्पनीका जहाजहरुले भियतनाम र एशियाका ४७ शहरमा बजेट उडान भर्ने गर्छन । यीमध्ये सियोल, सिंगापुर र बैंककमा पनि फ्लाइट हुन्छ । थाओले आफ्नो एयरलाइन्सलाई एशियाकै सबैभन्दा उत्कृष्ट बनाउने सपना देखेकी छिन् । यूएईको इमिरेट्स एयरलाइन्सलाई विश्वकै सबैभन्दा उत्कृष्ट एयरलाइन्स कम्पनी भन्ने गरिन्छ । थाओ पनि आफ्नो एयरलाइन्सलाई एशियाको इमिरेट्स बनाउन चाहन्छिन । 

यसैबीच, एयरलाइन्स वियतजेटबाहेक थाओले देशका विभिन्न रियल स्टेट योजनाहरुमा समेत लगानी गरेकी छिन् । सोविको होल्डिंग्स नामको कम्पनीमा सबैभन्दा बढी हिस्सा थाओकै छ । यो कम्पनी एयरलाइन्स कम्पनी वियतजेट र ड्रागन सिटीको प्रवद्र्धक कम्पनी पनि हो । यस बाहेक उनको हिस्सेदारी भियतनामकै चर्चित ‘एसीएमसी सिटी’मा समेत छ ।