काठमाण्डौ । साउथ एसियन बुल्स प्रालि (स्टक ब्रोकर नम्बर ४३) ले आन्दोलित कर्मचारीलाई तलब उपलब्ध गराएको छ। 

हिजो सोमबार तलब र बोनस नपाएपछि ब्रोकर नम्बर ४३ का कर्मचारीहरु आन्दोलित भएका थिए। उक्त आन्दोलनका विषयमा बिजशालामा हिजो समाचार प्रकाशित भएको ५ मिनेटपछि नै साउथ एसियन बुल्स प्रालि मुख्य सञ्चालक राकेश अग्रवालबाट गत असार र असोज महिनाको तलब तथा दसैँभत्ता पाएको आन्दोलित एक कर्मचारीले बताए।

हिजो तलब दिन आनाकानी गरेपछि साउथ एसियनका १५ जना कर्मचारी आन्दोलनमा उत्रिएका थिए। यद्यपि विगत २ वर्षदेखिको बोनस भने हालसम्म पनि नपाएको सोही संस्थामा कार्यरत ती कर्मचारीले दाबीसमेत गरे। 

तलब नपाएको विषयमा नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई गुनासो गर्दा न्याय नपाइएका कारण बाध्य भएर सञ्चारकर्मी गुहार्नुपरेको ती कर्मचारीले बताउँछन्। 

सञ्चालक अग्रवाल सम्पर्कमा आएनन्।