काठमाण्डौ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले बिनाअनुमति वस्तु विनिमय बजार सञ्चालन गर्नेलाई कारबाही गरिने चेतावनी दिएको छ।
धितोपत्र बोर्डले आज आइतबार एक सूचना जारी गर्दै बिनाअनुमति वस्तुको विनिमय बजार र सोसँग सम्बन्धित व्यवसाय गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएको हो। ‘वस्तु विनिमय बजारसम्बन्धी ऐन, २०७४ को दफा ३ बमोजिम अनुमतिपत्र प्राप्त नगरी कसैले पनि वस्तु विनिमय बजार र सोसँग सम्बन्धित व्यवसाय सञ्चालन गर्न नहुने व्यवस्था रहेको र बोर्डले हालसम्म वस्तु विनिमय बजार र सोसँग सम्बन्धित व्यवसाय गर्न कसैलाई पनि अनुमति प्रदान गरेको छैन’, सूचनामा प्रस्ट पारिएको छ।
बोर्डले वस्तुको विनिमय बजार सञ्चालन गर्न कम्पनी स्थापना गर्न पूर्व स्वीकृतिका लागि निवेद दिनेसम्बन्धी यही असोज २ मा सूचना प्रकाशन गरेको थियो। ‘तर, सर्वोच्च अदालतको अल्पकालीन आदेशले सम्पूर्ण प्रक्रिया यथास्थितिमा स्थगित रहेको सूचनामा उल्लेख छ। ‘पछिल्लो समयमा कुनै संस्था वा कम्पनीबाट वस्तु विनिमय बजारसम्बन्धी कारोबार भइरहेको भन्ने जानकारी प्राप्त भएकोले यसमा बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ’, सूचनामा भनिएको छ।
बिना अनुमति सञ्चालित वस्तु विनिमय बजार तथा व्यवसायीमार्फत वस्तु विनिमय बजारसम्बन्धी कुनै किसिमको कारोबार नगर्न तथा नगराउन आमलगानीकर्तालाई बोर्डले आग्रह पनि गरेको छ।
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago