काठमाण्डौ । कुनै पनि बैंकबाट ऋण प्रवाह गर्नुअघि तोकिएका मापदण्ड गरी ऋणि र बैंक दुवै सहमत हुन आवश्यक हुन्छन्। तर, अचानक हजारौँ ग्राहकलाई सहमति बिनै ऋण प्रवाह गरियो भन्दा अचम्म लाग्न सक्ला।

यस्तै घटना भएको छ छिमेकी मुलुक भारतमा । त्यहाँको इन्डसइन्ड बैंकले सहमति बिनै ८४ हजार ग्राहकलाई ऋण प्रवाह गरेको छ। बैंकले सन् २०२१ को मेमा प्राविधिक गडबडीका कारण करिब ती हजार ग्राहकलाई बिना अनुमति ऋण दिएको हो। 

ऋण पनि त्यस्ता ग्राहकलाई प्रवाह गरिएको छ, जो पहिले नै ऋण तिर्न नसकेर खराब ऋणिको सूचीमा समावेश हुन लागेका छन्। 

बैंकले ती ऋणिलाई ‘लोन एभरग्रिनिङ’ शीर्षकमा ऋण प्रवाह गरेको देखिएको छ। लोन एभरग्रिनिङको अर्थ डिफल्टको संघारमा पुगेको ऋणको नवीकरण गर्नका लागि त्यस्ता फर्महरुलाई दिने ताजा ऋण हो। 

बैंकका कर्मचारीहरुले २ दिनभित्रै बिना सहमति ग्राहकलाई ऋण उपलब्ध गराउने सूचना जारी गरेका थिए। तर, बैंकले यो प्राविधिक गडबडीका कारण भएको जनाएको छ। बैंकले यो हाल प्राविधिक गडबडी हटाउने काम भइरहेको जनाएको छ। 

बैंकले लोन एभरग्रिनिङ गरिन लागेको आरोपको खण्डन पनि गरेको छ। 

यद्यपि बैंकको सहायक इकाइ बीएफआईएलद्वारा जारी र प्रबन्धित ऋण नियामकद्वारा जारी दिशानिर्देशहरुको पूर्ण रुपमा पालना गरेर ऋण प्रवाह गरेको देखिन्छ। जसमा कोभिड–१९ को पहिलो र दोस्रो लहरको प्रकोपका क्रममा दिइएको ऋण पनि समावेश छ। – एजेन्सी