काठमाण्डौ । कोभिड १९ को संक्रमण जोखिम बढ्दै गएपछि बिमा समितिले बिमा कम्पनीहरुलाई बिमितको हित हुने गरी काम गर्न निर्देशन दिएको छ । 

सोमबार बिमा कम्पनीहरुलाई एक परिपत्र जारी गर्दै बिमा समितिले यस्तो निर्देशन दिएको हो । 

जीवन बिमा कम्पनीहरुलाई बिमितले हाल भुक्तानी गर्नुपर्ने किस्ता भुक्तानी गर्न नसकेको कारणले बिमालेख व्यतित नहुने व्यवस्था गर्न समेत निर्देशन दिएको छ । 

त्यस्तो बिमा शुल्क सबै सार्वजनिक सेवा सामान्य भएको मितिले १५ दिनभित्र बुझाएमा किस्तामा ब्याज नलाग्ने व्यवस्था गर्न समेत समितिले जीवन बिमा कम्पनीहरुलाई निर्देशन दिएको छ । 

निर्जीवन बिमा कम्पनीहरुले बिमालेखको अवधि समाप्त हुनुअघि नै बिमितलाई पर्याप्त सूचना उपलब्ध गराई सूसुचित हुने व्यवस्था गर्न समेत निर्देशन दिएको छ । 

साथै बिमालेख जारी गर्दा वा नवीकरण गर्दा जुनसुकै माध्यमबाट बिमाशुल्क संकलन गर्ने व्यवस्था गर्न पनि समितिले निर्जीवन बिमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।