काठमाण्डौ । एनबी इन्स्योरेन्स कम्पनी लिमीटेडले असिस्टेण्ट जनरल म्यानेजरदेखि असिस्टेण्टसम्मका पदमा दर्जनौ कर्मचारी मागेको छ । 

यो कम्पनीले सोमबार कर्मचारी आवश्यकता सम्बन्धी सूचना प्रकाशित गर्दै कर्मचारी मागेको हो । 

यो बिमा कम्पनीले मुख्य कार्यालयमा मार्केटिङ विभाग हेर्ने गरी एकजना असिस्टेण्ट जनरल म्यानेजर एकजना, सोही डिपार्टका लागि एकजना चिफ म्यानेजर तथा ब्राञ्च कोअर्डिनेटर, मुख्य कार्यालयका लागि लिगल हेड मागेको छ । 

यस्तै, केही संख्यामा काठमाण्डौ र देशका विभिन्न क्षेत्रका लागि मार्केटिंग डिपार्टमेन्टमा काम गर्ने गरी सिनियर डेभलपमेन्ट अफिसर, डेभलपमेन्ट अफिसर्स तथा निकै ठूलो संख्यामा असिस्टेन्ट र जुनियर असिस्टेन्ट मागिएको छ । 

दश जोड दुुई उत्तीर्ण गरेकाहरुले असिस्टेन्ट तथा जुनियर असिस्टेण्ट पदमा आवेदन दिन सक्नेछन् । अन्य पदका लागि आवश्यक योग्यता तथा विस्तृत सूचनाका लागि यो सूचना हेर्नुहोस् :