काठमाण्डौ । सेयर बजार आज बिहान खुलेदेखि नै घटेको थियो। अन्तिम समयमा ४२ अंकले घटेर बजार बन्द भएको छ।
प्राविधिक रुपमा आजको बजारलाई क्यान्डल स्टिकबाट हेर्दा बियरिस मारुबुजु क्यान्डल बनेको छ। यसले घट्दो बजारलाई संकेत गर्छ।
डेली बेसमा आजको बजारलाई बोलिंगर ब्यान्डबाट हेर्दा मध्य ब्यान्डमा प्रतिरोध सामना गरेको देखिन्छ। तर, बजारले मध्य ब्यान्ड छोडी हालेको अवस्था भने होइन।
आज बजार घट्दा भोलुम बढेको छ। यो त्यति राम्रो भने मान्न सकिँदैन।
म्याक्डीमार्फत आजको बजारलाई हेर्दा अघिल्लो साता बनेको बियरिस बुलिस क्रसओभर भने भ्यालिड नै रहेको छ। आज हिस्टोग्राम भने फिक्का नै रहेको छ। आरएसआईमार्फत हेर्दा भने ४९ को तहबाट खसेर ४२ को तहमा बजार आएको छ।
बजारलाई समग्र तीनवटै इन्डिकेटरबाट हेर्दा बजारमा आज बिक्री दबाब भने रहेको छ। अघिल्लो दिनको क्यान्डलसँग मिलाएर हेर्दा भने डेली क्यान्डलमा बियरिस इन्गल्फिङ क्यान्डल बनेको छ।
पिभटको १५ मिनेटको चार्टमार्फत हेर्दा आगामी दिनमा घटेमा बजारले क्रमशः १९५३, १९४० र १९२६ मा सपोर्ट लिन सक्छ। बढेमा भने बजारले क्रमशः १९९४, २०२० र २०३४ मा प्रतिरोध सामना गर्न सक्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
11 hours ago
16 hours ago
16 hours ago
18 hours ago
18 hours ago
18 hours ago
19 hours ago
20 hours ago
21 hours ago
21 hours ago