काठमाण्डौ । नेप्सेको दैनिक चार्टमा आज दिनभरको क्यान्डलले बियरिस मारुबुजु क्यान्डल बनाएको छ। 

गत शुक्रबार १९१० मा बन्द भएको बजार आज झन्डै ३४ अंकको गिरावटसँगै बजार १८७६.४१ मा बन्द भएको छ। योसँगै आज बजारले बियरिस मारुबुजु क्यान्डल बनाएको छ। यसले आगामी दिनमा पनि बजारमा थप गिरावट आउन सक्ने संकेत गर्छ। 

डाउ थेउरीअन्तर्गत बजारले आज १८८६ भन्दा तल झरेर पहिलेको न्यून विन्दुभन्दा तल झरेर लोवर लो बनाएको छ। (हेर्नुहोस् मुख्य तस्बिरमा) 

योसँगै बजारले अबको बलियो सपोर्ट पहिलेको न्यून विन्दु १८०८को आसपासमा लिन सक्ने देखिन्छ। बोलिंगर ब्यान्डमार्फत पनि मूल्यरेखाले तल्लो ब्यान्डसँगै हिँड्न खोजेको देखिन्छ। 

म्याक्डीमा पनि बियरिस क्रसओभर बनेको छ भने हिस्टोग्राम नेगेटिभ र लामा–लामा हुँदै गएका छन्। आरएसआई पनि पुनः ३० को ओभर सोल्ड जोनमा पुगेको छ।