काठमाण्डौ । आज सेयर बजार दिनभर नै घटेर कारोबार भएको छ। बजेटपछिको पहिलो कारोबारमा बजार कसरी खुल्ला भन्ने धेरै लगनीकर्तामा कौतुहलता थियो। तर, बिहान प्रि–ओपन सेसनमा २ अंकमात्रै बढेको बजारमा दिनभर गिरावट आएर बन्द भएको छ।
प्राविधिक रुपमा आजको बजारलाई हेर्दा बियरिस मारुबुजु क्यान्डल बनेको छ। यसले घट्दो बजारलाई संकेत गर्छ।
कारोबारका हिसाबले आज बजारमा करिब २ अर्ब ३४ करोड रुपैयाँबराबर कारोबार भएको छ। यो भनेको राम्रै कारोबार हो।
डेली टाइममा बोलिंगरको अप्पर ब्यान्डमा इन्भर्टेड ह्याम्मर बनाएको बजार मध्य ब्यान्डतर्फ आकर्षित भएको देखिन्छ। बजारले अबको नजिकको सपोर्ट बोलिंगरको मध्य ब्यान्ड १९६८ मा सपोर्ट लिन सक्छ।
म्याक्डीमार्फत हेर्दा बजारमा केही दिन पहिले बनेको बुलिस क्रसओभर भ्यालिड नै छ। हिस्टोग्राम भने सकारात्मक तर केही फिक्का बनेका छन्।
आरएसआई ६८ को ओभर सोल्ड जोन नजिकबाट खसेर आज ५० को तहमा आएको छ।
समग्रमा तीनवटै इन्डिकेटरमार्फत बजारलाई हेर्दा अप्पर ब्यान्डमा प्रतिरोध सामना गरेको बजारले मध्य ब्यान्डमा सपोर्ट लिन आउन खोजेको देखिन्छ।
डाउ थेउरीमार्फत हेर्दा करिब १८०८ बाट फर्केको बजारले १९७५ मा एउटा हायर हाई बनाएको देखिन्छ। त्यहाँबाट खसेको बजार फिवोनासीको ०.६१ अर्थात् १८७५ भन्दा माथि–माथिबाट फर्किन्छ भने त्यहाँनेर हायर लो कन्फर्मेसन हुने देखिन्छ। यस आधारमा यदि बजार १८६० देखि १८८० को विन्दुबाट फर्किन्छ भने बजारले नयाँ उचाइतर्फ जाने देखिन्छ। अन्यथा १८६० बाट पनि तल झरेमा भने बजारले नयाँ लोवर लो बनाउन पनि सक्छ।
नोटः सेयर बजारमा लगानी जोेखिमपूर्ण हुन्छ। यो विश्लेषण करोबारका लागि सिफारिस भने होइन।
8 hours ago
19 hours ago
19 hours ago
21 hours ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago