काठमाण्डौ । भारतको बिहारमा एकै व्यक्तिले कोभिड भ्याक्सिनको ११ डोज लिएको खबर सार्वजनिक भएको छ।

भारत बिहारको मधेपुरा जिल्लाका एक वृद्धले भ्याक्सिनको ११ डोज लिएको दाबी गरेका हुन्। ८४ वर्षीय ब्रह्मदेव मण्डलले यस्तो दाबी गरेका हुन्।

मण्डलले आफूले कोभिड भ्याक्सिनको ११ डोज लिए पनि आफूलाई स्वास्थ्य कुनै असर नपरेको दाबी गरेका छन्। ‘भ्याक्सिन लगाएपछि अहिलेसम्म म बिरामी परेको छैन’, उनले भने, ‘बरु मेरो स्वास्थ्यमा सुधार भइरहेको छ।’

मधेपुराका सिभिल सर्जन डा अमरेन्द्र प्रताव शाहीले आफूले पनि यसबारेमा सुनेको बताए। ‘हामीले यस विषयमा थप अनुसन्धान गरिरहेका छौँ’, उनले भने। –एजेन्सी