काठमाण्डौ । बैंक अफ काठमाण्डूू लुम्बिनी लिमीटेडको २२ औं वार्षिक साधारणसभा आगामी चैत ३ गते हुने भएको छ । 

बैंक संचालक समितिको फागुन ४ गने सम्पन्न बैठकले चैत ३ गते वार्षिक साधारणसभा आयोजनाको निर्णय गरेको नेप्सेमा प्रकाशित सूचनामा उल्लेख छ । 

बैंकले वार्षिक साधारणसभाको उद्देश्यले आगामी फागुन १५ देखि चैत ३ गतेसम्म सेयरधनीको दर्ता किताब समेत बन्द हुने बताएको छ । यो बैंकले अघिल्लो आर्थिक वर्षको खूद नाफाबाट आफ्ना सेयरधनीलाई २३ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ । यो प्रस्ताव समेत सोही साधारणसभामा पेश हुनेछ । 

बुक क्लोजको मिति भन्दा अघिल्लो कार्यदिनसम्म यो बैंकको सेयर नामसारी गरेका वा आफ्नो नाममा खरीद गरेका सेयरधनी मात्र प्रस्तावित बोनस सेयर तथा साधारणसभामा सहभागिताका लागि योग्य हुनेछन् । 

यो बैंकले २३ प्रतिशत बोनस वितरण गरेपछि चुक्तापूँजी ५ अर्ब ६२ करोड पुुग्नेछ । यस्तै, बैंकको आगामी वार्षिक साधारणसभामा संस्थापक र सर्वसाधारण सेयरधनीको स्वामित्व संरचना मिलाउने उद्देश्यले ६२ लाख ८ हजार कित्ता एफपीओ समेत जारी गर्ने प्रस्ताव जाँदैछ । प्रस्तावित एफपीओ समेत जारी भएपछि चुक्तापूँजी ६ अर्ब २४ करोड रुपैयाँको उचाईमा पुुग्नेछ । एफपीओ जारी गरेपछि बैंकमा संस्थापक र साधारण सेयरधनीको स्वामित्व संरचना ५१  ४९ मा रुपान्तरण हुने बताइएको छ ।