काठमाण्डौ । बैंक अफ काठमाण्डू (बीओके) लिमिटेडका ग्राहकले लामी रेस्टुरेन्टमा १० प्रतिशत छुट पाउने भएका छन्।

बीओक र लाभी रेस्टुरेन्टबीच बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डको माध्यमबाट भुक्तानी गर्दा बैंकका ग्राहकलाई १०% छुट उपलब्ध गराउने सम्झौता भएको हो। यस सम्झौतापश्चात बैंकका ग्राहकले लाभी रेस्टुरेन्टको सेवाहरु उपभोगबापत बैंकको कार्ड प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मूल्यको १०% छुट पाउनेछन्। 

सम्झौतापत्रमा बैंकका कार्ड विभाग प्रमुख अमर राजभण्डारी र लाभी रेस्टुरेन्टका प्रमुख सुदर्शन पौडेलले हस्ताक्षर गरेका छन्। 

बैंकले ८९ शाखा कार्यालय, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।