काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमीटेडले आगामी माघ १७ गते वार्षिक साधारणसभा आह्वान गरेको छ । 

बैंकको पुस २० गते बसेको संचालक समितिको १०१ औं बैठकले २४ औं वार्षिक साधारणसभा माघ १७ गते काठमाण्डौको गैरीधारास्थित एलिस रिसेप्सन्समा आह्वानको निर्णय गरेको हो । 

साधारणसभा प्रयोजनका लागि बैंकले पुस ३० गतेदेखि बुक क्लोज गर्ने निर्णय समेत गरेको छ। यसको अर्थ कम्पनीको वार्षिक साधारणसभामा सहभागी हुन र बैंकबाट घोषित लाभांश पाउन पुस २९ गतेभित्र यो बैंकको सेयर खरीद गरिसक्नुपर्नेछ ।

यो बैंकको संचालक समितिले आर्थिक वर्ष २०७४/७५ को वितरणयोग्य मुनाफाबाट १४ प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांश  वितरणको प्रस्ताव गरेको छ । 

प्रस्तावित बोनस सेयरको वितरणपछि यो बैंकको चुक्तापूँजी ८ अर्ब ५ करोडको उचाईमा पुग्नेछ ।