काठमाण्डौ । बैंक अफ काठमाण्डू (बीओके) लिमिटेडको आज विशेष साधारणसभाबाट सर्वसाधारण सेयरधनीका तर्फबाट ३ सञ्चालक निर्वाचित भएका छन्। 

सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक समितिमा गोविन्दप्रसाद शर्मा, मदनलाल जोशी र अमृता उप्रेती सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका हुन्। सभाको बैंक सञ्चालक समितिका अध्यक्ष  प्रकाश श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो। 

बैंकले हाल ९० शाखा कार्यालय, ७८ एटीएम र १० एक्सटेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकलाई बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ ।