काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमीटेडले आर्थिक वर्ष २०७४/७५ मा १ अर्ब ५४ करोड खूद नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो वर्ष यही अवधिमा १ अर्ब ३१ करोड मात्र नाफा कमाएको थियो । बैंकले यो अवधिमा १२ करोड १७ लाख बढी राइट ब्याक गरेको छ । 

बैंकले १ अर्ब ७२ करोडमा सीमित संचालन मुनाफालाई बढाएर २ अर्ब १४ करोडको उचाई चुमाएको छ भने २ अर्ब ५६ करोड रहेको खूद ब्याज आम्दानी बढाएर ३ अर्ब १ करोड पुर्याएको छ । 

समीक्षा अवधिमा बैंकले ७६ अर्ब ७७ करोड निक्षेप संकलन गरी ६९ अर्ब ४६ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष ७२ अर्ब १३ करोड निक्षेप संकलन गरी ६२ अर्ब ५४ करोड कर्जा परिचालन गरेको थियो । 

बैंकले २ अर्ब ५७ करोडमा सीमित जगेडाकोषको आकार बढाई ५ अर्ब ५ करोडको उचाईमा पुर्याएको छ । 

बैंकमा खराब कर्जाको अनुपात भने बढेको छ । अघिल्लो वर्ष १.२९ प्रतित रहेको यस्तो अनुपात बढेर यो वर्ष १.३२ प्रतिशत पुगेको हो । 

समीक्षा अवधिमा बैंकको कस्ट अफ फण्ड ७.८७ प्रतिशत, सीडी रेसियो ७६.३० प्रतिशत, बेस रेट १०.६७ प्रतिशत, इक्वीटीमा प्रतिफल १४.६२ प्रतिशत र सम्पत्तिमा प्रतिफल १.७६ प्रतिशत रहेको छ । 

बैंकको प्रतिसेयर आम्दानी २१.८४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १८९.८२ रुपैयाँ र मूल्य आम्दानी अनुपात १२.०९ गुणा कायम भएको छ ।