काठमाण्डौ । कर्मचारी सञ्चय कोषबाट ग्राहकले लिएको कर्जा तथा सापटीको साँवा तथा ब्याज बैंक अफ काठमाण्डू (बीओके) लिमिटेडको सबै शाखा कार्यालयहरुबाट भुक्तानी गर्न सकिने भएको छ।
सञ्चय कोषबाट जुनसुकै कर्जा वा सापटी लिएका ऋणीले साँवा तथा ब्याजसहितको किस्ता रकम भुक्तानी गर्न सञ्चय कोषमा नगई बीओकेको जुनसुकै शाखा कार्यालयबाट भुक्तानी गर्न सक्नेछन्। यो सुविधाबाट ग्राहकको समय बचत हुने र बिना झन्झट सजिलै बीओकेका शाखा कार्यालयहरुबाट झुक्तानी गर्न सकिने भएको छ।
बीओकेले हाल ८९ शाखा कार्यालय, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकलाई बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ।
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago