काठमाण्डौ । बीओके क्यापिटलले सामुहिक लगानी कोषको कोष व्वस्थापन तथा डिपोजिटरी भई कार्य सम्पादन गर्ने गरी उद्देश्य थप गर्ने आज सम्पन्न वार्षिक साधारण सभाले प्रस्ताव पारित गरेको छ ।

क्यापिटल लिमिटेडको पाँचौ वार्षिक साधारण सभा आज शुक्रबार क्यापिटलको संचालक समितिका अध्यक्ष महेश मिश्रको अध्यक्षतामा सम्पन्न भएको छ ।

उक्त साधारण सभाले आ.व. २०७६/७७ को वित्तीय विवरणहरु पारित गर्नुका साथै आ.व. २०७६/७७ सम्मको संचित मुनाफाबाट चुक्ता पूँजी रु. २१ करोडको ४.५ प्रतिशतका दरले हुने रकम रु. ९४ लाख ५० हजार नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साथै, उक्त साधारण सभाले क्यापिटलले सामुहिक लगानी कोषको कोष व्वस्थापन तथा डिपोजिटरी भई कार्य सम्पादन गर्ने गरी उद्देश्य थप गर्ने प्रस्ताव पारित गरेको हो ।