काठमाण्डौ । बीओके क्यापिटल लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा पुनः महेश मिश्र नै चयन भएका छन्।

बीओके क्यापिटलको सञ्चालक मितिको बैठकले अध्यक्ष पदमा मिश्रलाई नै पुनः चयन गरेको हो। उनी पुनः ४ वर्षका लागि अध्यक्ष पदमा नियुक्त भएका छन्।

यसैबीच आज सम्पन्न क्यापिटलको विशेष साधारणसभाले संस्थाका संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने चारजना सञ्चालक निर्विरोध चयन गरेको छ। अध्यक्ष मिश्रको अध्यक्षतामा सम्पन्न सभाले बैंक अफ काठमाण्डूका तर्फबाट प्रतिनिधिहरु महेश मिश्र, चन्द्रराज शर्मा र दिपक गौतम तथा सीएफसी रेयिट प्रालिबाट प्रतिनिधि रवीन्द्र बल्लब पन्तलाई सञ्चालकमा नियुक्त गरेको हो।