काठमाण्डौ । बैंक अफ काठमाण्डूको सहायक कम्पनी बीओके क्यापिटल मार्केट लिमिटेडले लाभांश प्रस्ताव गरेको छ। 

कम्पनी सञ्चालक समितिको गत भदौ २४ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो। कम्पनीले चुक्तापुँजी २१ करोड रुपैयाँको १८ प्रतिशतका दरले हुन आउने नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांश अनुमोदन गर्न कम्पनीले आउँदो असोज २० गते काठमाण्डौको नक्सालस्थित कम्पनीको कार्यालयमा छैटौँ वार्षिक साधारणसभा (एजीएम) डाकेको छ। 

सोही सभाले कम्पनीको वार्षिक, आर्थिकलगायतका प्रतिवेदनहरु पारित गर्नेछ।

त्यस्तै सभाले प्रबन्धपत्रको दफा २ मा उल्लेख कम्पनीको रजिस्टर्ड कार्यालयको ठेगाना परिवर्तन सेयरधनीबाट अनुमोदन गराउने छ।