काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार आज साउन १ गते सुरु भएको छ।
आज काठमाण्डौमा एक विशेष समारोहको आयोजना गरी मर्जरपछि हिमालयन एभरेष्ट इन्स्यारेन्स लिमिटेडको नामबाट एकीकृत निर्जीवन बीमा सेवा कारोबार सुरु भएको उद्घोष गरिएको हो। यी दुवै कम्पनीको गत असार २ गते सम्पन्न विशेष साधारणसभाबाट मर्जरसम्बन्धी सम्पूर्ण प्रक्रिया पारित भएका थिए।
कार्यक्रममा हिमालयन एभरेष्ट इन्स्योरेन्सका सीईओ विजयबहादुर शाहले बीमा क्षेत्रमा यो पहिलो मर्जर रहेको बताए। उनले बीमा कम्पनीहरुबीचको मर्जरले बीमा व्यवसाय सुदृढ हुने विचार राखे।
यी दुवै कम्पनी ३ दशकअघि स्थापना भएका थिए। मर्जरपछि कम्पनीको चुक्तापुँजी २ अर्ब २४ करोड रुपैयाँ पुगेको छ। बीमा समितिको तोकेको चुक्तापुँजी बोनस सेयर वितरण गरेर पुर्याउने सीईओ शाहले बताए।
खुद बीमा शुल्क आर्जन ३ अर्ब २५ करोड रुपैयाँ रहेको कम्पनीको मर्जरपछि कुल शाखा ७५ र कार्यरत कर्मचारीको संख्या ४४४ पुगेको छ।
कम्पनीले चालु आर्थिक वर्षभित्रै खुद बीमा शुल्क आर्जन ४ अर्ब २५ करोड रुपैयाँ पुर्याउने लक्ष्य राखिएको सीईओ शाहले बताए। ‘यही वर्षभित्र शाखा संख्या १०० पुर्याउने हाम्रो योजना छ’, उनले भने।
साबिक कम्पनीका अध्यक्ष राजीव सापकोटले मर्जरपछि कम्पनीको व्यवसायले गुणात्मक छलाङ मार्ने र लगानीकर्ताले उच्च प्रतिफल पाउने बताए। सबल पक्ष आत्मसात गर्दै कम्पनी प्रशंसा गर्न लायक बन्ने उनाको विश्वास थियो।
संयुक्त मर्जर समितिका संयोजक आजय रत्न स्थापितले निर्जीवन बीमा क्षेत्रमा हिमालय एभरेष्ट उत्कृष्ट कम्पनी बन्ने दाबी गरे।
कम्पनीले ‘सुरक्षा र साथ, अझ बढी विश्वास’ नाराका साथ इन्स्योरेन्स फर अल, डिजिटाइजेसन, बिल्डिङ ह्युमन क्यापिटल इन इन्डस्ट्री, अप्टिमाइजेसन अफ सेक्युरिटी र डाइभर्सिफिकेसनजस्ता योजना अगाडि बढाउने भएको छ।
20 minutes ago
42 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago