काठमाण्डौ । बीमा समितिले एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आर्थिक वर्ष २०७७–७८ को वित्तीय विवरण स्वीकृत गरेको छ। 

बीमा समितिले सोमबार पत्र पठाउँदै एसियन लाइफको वित्तीय विवरण स्वीकृत भएको जानकारी गराएको हो। योसँगै अब कम्पनीले आगामी वार्षिक साधारणसभा प्रस्तावित लाभांशसहितको वित्तीय विवरण अनुमोदन गर्नेछ। 

कम्पनी सञ्चालक समितिले आर्थिक वर्ष २०७७–७८को सञ्चित नाफाबाट सेयरधनीहरुका लागि हाल कायम चुक्तापुँजी २ अर्ब ५३ करोड ९८ लाख ३५ हजार रुपैयाँको कुल १५.२६ प्रतिशतले हुन आउने ३८ करोड ७६ लाख ५९ हजार २६ रुपैयाँबराबर लाभांश प्रस्ताव गरेको छ। 

प्रस्तावित लाभांशमा १४.५० प्रतिशतले हुन आउने ३६ करोड ८२ लाख ७६ हजार ७५ रुपैयाँबराबरको बोनस सेयर रहेको छ। बोनस सेयरको कर प्रयोजनार्थ कम्पनीले ०.७६ प्रतिशतले हुन आउने १ करोड ९३ लाख ८२ हजार ९५१ रुपैयाँबराबरको नगद लाभांश रहेका छन्।