काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको २० लाख भन्दा बढी संस्थापक सेयर सर्वसाधारणमा परिणत भएको छ । यससँगै प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको स्वामित्व अनुपात ६०ः४० कायम भएको छ ।

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको प्रबन्धपत्र तथा नियमालीमा भएको संसोधन बमोजिम संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारण समूहको ४० प्रतिशत रहने भएको हो ।
 
संस्थापक सेयरधनी समूहको २० लाख ५२ हजार ८६४ कित्ता सेयर सर्वसाधारण समूहमा परिणत भएको र सर्वसाधारण समूह अन्तर्गत कारोबार योग्य भएको नेप्सेले जनाएको छ ।