– अर्जुन तिमिल्सिना

काठमाण्डौ । नेपालका जलविद्युत कम्पनीहरुमध्ये बुटवल पावर पनि एक हो। यो कम्पनी सन् १९६६ मा प्राइभेट कम्पनीका रुपमा स्थापना भएको थियो। पछि सन् १९९३ मा पब्लिक लिमिटेड भएको थियो। बुटवल पावर पछि पुनः सन् २००३ मा पब्लिक प्राइभेट पार्टनरसिप कम्पनीका रुपमा सञ्चालन भएको हो। 

हाल यो कम्पनीका १०० मेगावटभन्दा बढी जलविद्युत आयोजनाहरु निर्माणाधीन अवस्थामा छन्। बुटवल पावरको चुक्तापुँजी ३ अर्ब २४ करोड रुपैयाँ र रिजर्भमा ३ अर्ब ७४ करोड रुपैयाँ रहेको छ। 

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीले २६ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ५० करोड ४६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। 

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीको ईपीएस ८.१८ रुपैयाँ रहेको छ। अघिल्लो वर्ष ईपीएस १७.१० रुपैयाँ थियो। यो हिसाबले कम्पनीको ईपीएसमा ५२.४५ प्रतिशतको गिरावट आएको छ। 

समीक्षा अवधिमा कम्पनीको रिटर्न अन इक्विटी (आरओई) हाल ३.७७ प्रतिशत रहेको छ। अघिल्लो वर्ष आरओई ७.१७  प्रतिशत थियो। कम्पनीको बुक भ्यालु २१५.५ रुपैयाँ रहेको छ। अघिल्लो वर्षमा कम्पनीको बुक भ्यालु २३७.१५ रुपैयाँ थियो। 

कम्पनीको १० वर्षको वार्षिक औसत लाभांश दर २३ प्रतिशत रहेको छ। 

प्राविधिक पक्ष

इचिमोकुका आधारमा 

यो कम्पनीका  मूल्यरेखा क्लाउड पोजिसनभन्दा तल–तल झरेका छन् र राता लामा क्यान्डलहरु बनेका छन्। गत १४ अगस्टमा बेस लाइनलाई कन्भर्जन लाइनले माथिबाट काटेर बियरिस बनेको छ (हेनुहोस् रातो एरो)। २६ दिन पछाडि चल्ने ल्यागिङ स्पान पोजिसन पनि तल–तल झरेको छ। क्लाउडको पोजिसन हरियोबाट राता बनेर फैलिएको छ।(हेर्नुहोस् कालो एरो)

सुपर ट्रेन्डका आधारमा 

सुपर ट्रेन्डका आधारमा पनि यो कम्पनी बियरिस नै देखिन्छ। दैनिक चार्टका आधारमा कम्पनीको मूल्यरेखाहरु सुपर ट्रेन्डभन्दा तल नै रहेका छन् भने सुपर ट्रेन्डको रङ रातो रहेको छ। यसले कम्पनीको सेयरमूल्य बियरिस नै रहेको देखिन्छ। 

बोलिंगर, म्याक्डी र आरएसआईका आधारमा 

बोलिंगर ब्यान्डको दैनिक चार्टका आधारमा यो कम्पनीको मूल्यरेखाले आज तल्लो ब्यान्डसँगै हिँडिरहेको देखिन्छ। यसले कम्पनीको सेयरले बियरिस यात्रा तय गर्दै गरेको बुझिन्छ।(हेर्नहोस् कालो एरो) 

म्याक्डीमा बियरिस क्रसओभर भ्यालिड नै रहेको छ तर हिस्टोग्राम नेगेटिभ तथा लामा–लामा हुँदै गएका छन्। आरएसआई ७० को ओभर बट जोनबाट झरेर ३० को तहसम्म आएको छ। 

फियर एन्ड ग्रिड मिटर 

फियर एन्ड ग्रिड मिटरले यो कम्पनीमा   बियरिस सेन्टिमेन्ट रहेको देखाएको छ। यसले सेयरमूल्यमा केही करेक्सन आउन सक्ने देखिन्छ। यो कम्पनीको ५२ हप्ताको उच्च मूल्य ५४३ रुपैयाँसम्म र न्यून २९० रुपैयाँसम्म आएको देखिन्छ। हाल यो कम्पनीको दोसं्रो बजारमा २९० रुपैयाँमा अन्तिम करोबार भएको छ। 

पिभट विश्लेषणका आधारमा 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।

बढेमा प्रतिरोध 

प्रतिरोध १– २९८
प्रतिरोध २– ३०६
प्रतिरोध ३– २७४

पिभट प्वइन्टः २९४

घटेमा सपोर्ट 

सपोर्ट १– २८६
सपोर्ट २– २८२
सपोर्ट ३– २७४

निष्कर्ष

आधारभूत रुपमा बलियो रहेका बुटवल पावर कम्पनी प्राविधिक रुपमा भने डाउन ट्रेन्डमा देखिन्छ। इचिमोकु तथा सुपर ट्रेन्डका आधारमा पनि कम्पनीको सेयरभाउमा बिक्रीचाप परेको देखिन्छ। कम्पनीको ईपीएस, खुद नाफा तथा आरओई अघिल्लो वर्षको तुलनामा खस्केको देखिन्छ। कम्पनीको चुक्तापुँजी बढ्दै जाँदा आरओई घट्दै गएको छ।  

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण एक औजारमा आधारित अनुमानित विश्लेषण हो। यसको अर्थ सेयरबजारमा हामीले यही नै हुन्छ भनेर ठोकुवा गरेका होइनौँ। लगानीकर्ताले आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेरमात्र लगानी गर्नुपर्छ। यो कुनै कारोबारका लागि सिफारिस भने होइन।