काठमाण्डौ । ठूला चाडपर्वको अवसरमा एनसेलले थालेको ‘एनसेल मेला’ अब बुटवल पुगेको छ ।

सोमबार बुटवलस्थित दीपनगरमा रहेको सिद्धेश्वरी मैदानमा एनसेल मेला आयोजना हुनेछ ।

एनसेलले आफ्ना ग्राहकसँगको सम्बन्ध सुधार तथा रि-ब्राण्डिङको उद्देश्यले देशका प्रमुख शहरहरुमा एनसेल मेला आयोजनाको अभियान थालेको हो । नारायणगढबाट सुरु भएको मेला यसअघि शनिवार पोखरामा आयोजना भएको थियो भने त्यसपछि बुटवलमा हुन लागेको हो ।

मेला बिहान ११ बजेदेखि शुरु हुने र विविध कार्यक्रमसहित साँझसम्म चल्ने बताइएको छ । मेलामा चर्चित कलाकारहरुहरुको सांगीतिक तथा हाँस्य प्रस्तुती, जादू, खेलका स्टल, किड्स जोन, फूड स्टल तथा एनसेलको सेवाको बिषयमा जानकारी दिने उद्देश्यले एनसेल जोन समेत राखिएको छ । 

मेलामा मयुर नाच, लाखे नाच, दशैं पिङ, चंगा चेट प्रतियोगिता र मगसट फोटो बुथ आदि रोचक कार्यक्रमहरु पनि राखिएको छ । एनसेलले सबै उमेर समूहलाई लक्षित गरी उमेर सुहाउँदो मनोरञ्जनका स्टलहरु राखेको हो ।

मेलामा सुगम पोख्रेल, शिव परियार, मिलन अमात्य, लाउरे, सन्दिप क्षेत्री, रेमोनदास श्रेष्ठ र समृद्घि राई  लगायतको प्रस्तुती हुनेछ । एक्स व्याण्ड, कार्टुन्जक्रु र युभिएन्जल्स्ले पनि आफ्नो प्रस्तुती दिनेछ ।

एनसेल जोनमा यसको सेवा तथा सुविधा र आकर्षक अफर समेत लिनसक्ने बताइएको छ । डेटा सेवा, थ्रिजीको गति र अन्य डिभासहरु एनसेलको विशेष हाईटेक जोनमा चलाएर टेष्ट गर्न सकिने व्यवस्था पनि मिलाइएको एनसेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले ठूला चाडपर्वको खुशी साट्न आफूहरुले देशव्यापी मेलाको अभियान संचालन गरेको प्रष्ट्याए । मेला आगामी असोज ६ गत धरान र असोज ८ गते विर्तामोडमा आयोजना भई समापन हुनेछ ।